सभामुख अग्नि सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना

0
Shares

काठमाडौँ, १७ साउन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक जना सदस्यलाई कोरोना भाइरस (कोभिड -१९)को संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा संक्रमणमा परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको विहीबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

सुरक्षाकर्मीको एक जना सदस्यमा संक्रमण देखिएपछि सभामुख सापकोटा,उनका परिवारका सदस्य र उनीसंग जोडिएका सबैखाले कर्मचारीको परीक्षण गरिएको छ । ‘   पीसीआर परीक्षणका लागि नमूना लगिसकेको अवस्था छ । रिपोर्ट भने आइसकेको छैन्,’ सभामुख सापकोटाको सचिवालय स्रोतले भन्यो ।

यो साता काठमाडौँमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । प्रहरी प्रधान कार्यालयमा मात्रै तीन दर्जन प्रहरीमा संक्रमण देखिएको बताइएको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म सभामुख सापकोटा सहित अन्य सदस्यहरु होम आइसोलेसनमा रहने बताइएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म काठमाडौँ ४२३ जना, भक्तपुरमा ५७ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी देखिएका अधिकांश कि विदेशबाट कि उपत्यका बाहिरबाट आएकाहरु भएको इडिसीडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *