गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण

0
Shares


काठमाडौँ, १४ साउन । गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र  पोखरा प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप नयाँ ५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा ४ जिल्लाका रहेका छन् । जसमा स्याङ्जाका १ पुरुष, , वागलुङका १ पुरुष, तनहुँका १ पुरुष र म्यादीका २ पुरुष छन् ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४३५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *