जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

0
Shares


अमरगढी, १३ साउन । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *