काठमाडौँ उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकामा आज थप ६ जनामा कोरोना भाइरस(कोभिड(-१९)संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँका ३ र ललितपुरका ३ जना संक्रमित थपिएको बताए ।

यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप १३९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६२६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ७५४ पुगेको छ ।

अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त छन् । २ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *