सरकारी चिकित्सक संघको निर्वाचन् : यी हुन् २९ जना डाक्टर उम्मेद्धार

काठमाडौँ, ११ साउन ।  नयाँ नेतृत्व छनौट गर्न सरकारी चिकित्सक संघ नेपाल (गोदान) को आगामी २४ साउनका दिन हुने निर्वाचनका उम्मेद्धारी दर्ता गर्ने काम सम्पन्न भएको छ । कुल १५ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचनका लागि अध्यक्षमा तीन जनाले उम्मेद्धारी दिएका छन् । उनीहरुमा डा रविन खड्का, डा दीपक थापा मगर र डा समाज गौतम रहेका छन् । बरिष्ठ उपाध्यक्षमा डा रामप्रसाद सापकोटा र डा विजय थापाको उम्मेद्धारी परेको छ । यस्तै उपाध्यक्षमा डा सुशील मोहन भट्टराई र डा विप्लव घिमिरे उठेका छन् ।

उता महासचिव पदका लागि डा कीर्तिपाल सुवेदी र डा विजयकुमार साहको उम्मेद्धारी परेको छ । सचिव पदका लागि डा रोशन भगत, डा रामहरी दाहाल र डा विश्वनाथ अधिकारीले उम्मेद्धारी दिएका छन् । कोषाध्यक्ष पदका लागि डा झुमा सिलवाल र डा सुधा साहीको उम्मेद्धारी परेको छ ।

नौ जना रहने सदस्य पदका लागि डा सौगात पौडेल, डा किरण पाण्डे, डा सुसन भट्टराई, डा विजय गुरुङ, डा प्रकाश भट्टराई, डा सरद चन्द्र बराल। डा गौरव साह, डा कुशल खनाल र डा कपिल गौतमले उम्मेद्धारी दिएका छन् ।

यसगरी सोही पदमा डा अर्चना केसी , डा विजयकुमार मेहता, डा इश्वरी खनाल, डा हेमा जोशी, डा सचिन यादव र डा शेषराज घिमिरेले उम्मेद्धारी दिएका छन् ।

गोदानको निर्वाचन आगामी २४ साउन विहान ९ देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *