चौविस घण्टामा देशभर थपिए १३० जना कोरोना संक्रमित, ७५ जना डिस्चार्ज

काठमाडौँ, ११ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १३० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १३० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार १२८ पुगेको छ ।

अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त छन् । तीन जिल्लामा ५०० बढी संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *