फर्टिलिटी सोसाइटीद्धारा डा. कार्कीप्रति स्वास्थ्य लाभको कामना

0
Shares

काठमाडौ ११ साउन ।  विराट मेडिकल कलेजका संचालक तथा बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीको बरिष्ठ चिकित्सकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको छाता संगठन ‘फर्टिलिटी सोसाइटी अफ नेपाल’ले डा कार्कीको स्वास्थ्य लाभको कामना गरेको छ ।

डा कार्कीलाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि काठमाडौ ल्याईएको छ । संगठनका बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको डा सन्तकुमार दासले बताए ।

फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष डा भोला रिजालले कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले केही दिनमा डा कार्कीको स्वास्थ्य अवस्था पूर्णरुपमा ठिक हुने विश्वास लिएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *