फर्टिलिटी सोसाइटीद्धारा डा. कार्कीप्रति स्वास्थ्य लाभको कामना

काठमाडौ ११ साउन ।  विराट मेडिकल कलेजका संचालक तथा बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीको बरिष्ठ चिकित्सकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको छाता संगठन ‘फर्टिलिटी सोसाइटी अफ नेपाल’ले डा कार्कीको स्वास्थ्य लाभको कामना गरेको छ ।

डा कार्कीलाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि काठमाडौ ल्याईएको छ । संगठनका बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको डा सन्तकुमार दासले बताए ।

फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष डा भोला रिजालले कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले केही दिनमा डा कार्कीको स्वास्थ्य अवस्था पूर्णरुपमा ठिक हुने विश्वास लिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *