कोरोना संक्रमणमा परेका बिराट मेडिकल कलेजका सञ्चालक डा. कार्कीलाई त्रिवि शिक्षणमा ल्याइयो

काठमाडौँ, ११ साउन । निमोनियाको समस्या देखिएपछि कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा परेका विराट नर्सिङ होम, बिराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनमा निमोनिया देखिएपछि थप ‘अब्जरभेसन’का लागि भन्दै शनिबार हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको हो ।

त्रिवि शिक्षण अस्पताल कोभिड – १९ नियन्त्रण समन्य समितिका सयोजक प्राडा शान्तकुमार दासले डा कार्कीलाई निमोनियाको समस्या भएको पुष्टि गरे । ‘सामान्य निमोनिया देखिएको छ । अलिकति अक्सिजन सपोर्ट पनि चाहिएको छ । त्यसैले अहिले हामीले अक्सिजन सपोर्ट दिएर राखेका छौँ । अबस्था भने सामान्य नै हो,’ डा दासले भने ।

उनले डा कार्कीसंग उनकी श्रीमती पनि आएको र उनको स्वाब लिएर उनलाई हाल होम आइसोलेसनमा रहन भनिएको बताए ।

बिराटनगरस्थित आफ्नै नर्सिङ होममा केही दिन अघि ज्वरो तथा खोकी देखिएपछि परीक्षण गर्दा डा कार्कीलाई कोरोना संक्रमण देखिएको थियो । त्यसको केही दिन होम आइसोलेसनमा रहेका डा कार्की स्वास्थ्य समस्या नघटेपछि शुक्रबार धरान लगिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *