कोरोना संक्रमण देखिएकी चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु

0
Shares
फाइल फोटो

काठमाडौं, ७ साउन । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा रोहितकुमार पोखरेलका अनुसार कोरोना संक्रमण पुष्टि भएकी ४८ बर्षकी महिलाको आज विहान मृत्यु भएको हो ।

‘हिजो बेलुका ग्राण्डीबाट यहाँ (त्रिवि शिक्षण) रिफर भएको हो । आइसियूमा राखेर उपचार गरिरहेका थियौँ आज विहान निधन भयो,’ प्राडा पोखरेलले भने ।

पोखरामा एक बर्ष अघि देखि बसोबास गरेकी ती चिनियाँ महिला मुटुको समेत विरामी भएको बताइएको छ । केही दिन यता स्वासप्रश्वासमा समस्या भएपछि हेलिकप्टरमा उनलाई ग्राण्डी अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि ग्राण्डीले त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो ।

‘अहिले ती महिलाको शव अस्पतालकै शबगृहमा रहेको छ । शवको व्यवस्थापन कसरी कहाँ गर्ने भन्ने छलफल हुँदैछ,’  प्राडा पोखरेलले भने ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । नेपालमा आएको विदेशीमा कोरोना देखिई मृत्यु भएको भने यो पहिलो घटना हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *