गत ११ चैत देखि जारी लकडाउन आजबाट हट्दै
काठमाडौँ, ६ साउन । सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।
कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।
यस्तै मन्त्रिपरिषदले १५ साउन देखि होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा ल्याउन सकिने निर्णय गरेको छ । लामो दुरीको यातायातको सेवाहरु आगामी १ भदौबाट सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।
१ भदौबाटै आन्तरिक तथा बाहिय हवाई उडान गर्ने निर्णय गरेको छ ।
यता स्वास्थ्य मन्त्रालयले सरकारले जे निर्णय गरेपनि कोरोनाको जोखिम नहटेको भन्दै स्वास्थ्य सावधानी र सुरक्षामा भने विषेश ध्यान दिन आग्रह गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



