काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौँ, ६ साउन । काठमाडौँ उपत्यकामा मंगलवार थप ९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ८ र ललितपुरमा १ जनामा गरी ९ जना संक्रमित थपिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ।
अहिलेसम्म ७ वटा जिल्ला कोरोना मुक्त छन् । तीन जिल्लामा ५०० बढी संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ६०९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ४७७ पुगेको छ ।
देशभरका बिभिन्न क्वारेनटिनमा २१ हजार ७ सय४ जना रहेका छन् ।
त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
