पेट सीटीस्क्यानका लागि छुट्याईयो बजेट, आयो सीटीस्क्यान मेसिन !

0
Shares

काठमाडौँ, ५ साउन । क्यान्सर रोगको निदानका लागि सहयोग पुरयाउने पेट सीटी स्क्यान मेसिन खरिदका लागि छुट्याएको बजेटबाट सीटीस्क्यान मेसिन खरीद गरिएको छ । स्वास्थ्य सेवा विभागले पेट सीटी स्क्यान खरिदको तयारीको लागि छुट्याएको बजेटबाट सीटीस्क्यान मेसिन खरीद गरेको हो ।

गत बर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई कार्यक्रम संसोधन तथा रकमान्तर गरी २० करोड रकम क्यान्सर रोगको निदानमा प्रयोग हुने मेसिन पेट सिटीस्क्यान खरिदका लागि तयारी गर्न भन्दै छुट्याइएको थियो ।

तर विभागले ८ करोड २८ लाख ३६ हजार मूल्यको सीटीक्यान मेसिन खरीद गरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई उपलव्ध गराएको थियो । सो मेसिन गत फागुनको तेस्रो सातासम्म सञ्चालनमा नआएको महालेखा परीक्षकको सन्ताउन्नौँ बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले मन्त्रालयलाई नौ महिनासम्म मेसिन खरीदसम्वन्धी कुनै निर्णय नगरी बिनियोजित बजेट निस्क्रिय राख्ने र तेस्रो चौमासिकको शूरु कार्यक्रमको मर्म विपरित सीटीस्क्यान लगायतका उपकरण औजार खरी दगर्न कार्यक्रम संशोधन गर्नु उचित हुदैन भनेर सुझाव समेत दिएको छ ।

त्यसो त मन्त्रालयले शुरुमा पेट सीटीक्यान मेसिन खरीद तथा आधुनिक प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना गर्न ४३ करोड रकम बजेट विनियोजन गरेको थियो ।

सो कार्यक्रम पछि संसोधन गरी छ निकायलाई भवन निर्माण गर्न १७ करोड ५० लाख, वीर अस्पताललाई प्रयोगशाला सुदृढीकरण गर्न १ करोड ५० लाख, भरतपुर क्यान्सर र कोशी अस्पताललाई औजार उपकरण खरी दगर्न २ २ करोड समेत गरी ४ करोड र बाँकी २० करोड विभागलाई पेट सीटीक्यान तयारीको लागि भन्दै बाँडफाँड गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *