स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजिनामा स्वीकृत
काठमाडौँ, २ साउन । सरकाले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । गत २५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेर दुख दिएको भन्दै पोखरेलले गत १७ असारमा राजिनामा दिएका थिए ।
खुल्ला प्रतिस्पर्धाबाट चार बर्षे कार्यकालका लागि छनौट भएका उनीले २३ मंसिर २०७५ बाट बोर्डको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारीमा थिए ।
पोखरेलको राजिनामा आएपछि मन्त्रालयले गत २२ असारमा सहसचिव डा राधिका थपलियालाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पठाएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



