स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजिनामा स्वीकृत

4
Share

काठमाडौँ, २ साउन । सरकाले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । गत २५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेर दुख दिएको भन्दै पोखरेलले गत १७ असारमा राजिनामा दिएका थिए ।

खुल्ला प्रतिस्पर्धाबाट चार बर्षे कार्यकालका लागि छनौट भएका उनीले २३ मंसिर २०७५ बाट बोर्डको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारीमा थिए ।

पोखरेलको राजिनामा आएपछि मन्त्रालयले गत २२ असारमा सहसचिव डा राधिका थपलियालाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पठाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *