कोरोना परीक्षणका लागि वीर अस्पतालमा थपियो नयाँ पीसीआर मेसिन

काठमाडौँ, १ साउन ।  वीर अस्पतालमा कोरोना भाइरस (कोभिड -१९) परीक्षणका लागि नयाँ पीसीआर मेसिन थपिएको छ । अस्पतालले ३४ लाख रुपैयाँ खर्चेर खरिद गरेको मेसिन विहीबार जडान भएको हो ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले आगामी आइतबारदेखि यो मेसिनबाट कोभिड -१९ परीक्षण हुने बताए ।

‘एक पटकमा ९६ वटा नमूना राखेर परीक्षण गर्न सकिन्छ । दिनमा तीन लटसम्म नमूना परीक्षण गर्न सकिन्छ । स्यानो ट्युवमा भए अझ धेरै पनि परीक्षण गर्न सकिन्छ,’ निर्देशक डा सेन्चुरीले भने ।

‘यसअघि वीरमा अलि कम क्षमताको एउटा मेसिन सञ्चालनमा थियो । त्यो मेसिनले बढीमा १५० सम्म नमूना परीक्षण गर्न सक्दथ्यो । अब नयाँ र पुरानो मेसिनबाट दैनिक ५०० वटा नमूना परीक्षण गर्न सकिन्छ । हाम्रो लक्ष्य पनि त्यहि हो,’ डा सेच्नुरीले भने ।

सरकारले वीर अस्पताललाई निशुल्क मात्रै होइन सशुल्क समेत जाँच गर्न सक्ने अधिकार दिएको छ । सोही अनुसार वीरले सशुल्क रुपमा समेत कोरोना जाँच गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *