देशभर थपिए ११६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

काठमाडौँ, ३१ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ११६ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११६जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार २५ पुगेको छ ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ६ हजार ११३ जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ५२७ जना रहेका छन् ।

देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *