लोकसेवाद्धारा स्वास्थ्यका बाँकी र नयाँ स्थायी पदपूर्ति तालिका सार्वजनिक

काठमाडौँ, ३१ असार । लोकसेवा आयोगले आर्थिक बर्ष २०७६/ ७७ को पदपूर्ति सम्वन्धी बाँकी रहेका कार्यक्रमहरु आगामी माघ फागुनसम्म सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकामा स्वास्थ्य सेवाका एघारौँ तह अन्तरर्वार्ता र सिफारिस गर्ने महिना साउन तोकिएको छ । नवौँ तहको खुल्ला र आन्तरिक प्रतिस्पर्धा तर्फ लिखित परीक्षा नतिजा साउन भदौ र अन्तरवार्ता तथा सिफारिस भदौ असोज महिना तोकिएको छ ।

आयोगले यसपटक स्वास्थ्य सेवाका आठौँ र सातौँ तहको लिखित परीक्षा हुन बाँकी विज्ञापनहरुको खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाको तालिका राखेको छैन । यी पदहरुका लागि सरकारले अनुरोध गरेमा पछि तय गरिने उल्लेख छ ।

यसैबीच आयोगले आर्थिक बर्ष २०७७ /७८ को पदपूर्ति सम्वन्धी बार्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ । आयोगले आर्थिक बर्ष २०७६ ७७ को बाँकी रहेका कामहरु फागुनसम्म सकेर नयाँ आर्थिक बर्षको काम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अनुसार एघारौँ तह र नवौँ तहको विज्ञापन सूचना असोजको अन्तिम बुधबार, लिखित परीक्षा पुस माघ, लिखित परीक्षा नतिजा फागुन चैत र अन्तरवार्ता र सिफारिस चैत बैशाख तोकेको छ ।

थप विवरण हेर्नुहोस्

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *