देशभर थपिए ११६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार नाघ्यो

0
Shares

 

काठमाडौँ, ३० असार । पछिल्लो चौविस घण्टामा देशभर थप ११६ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ३६१ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११६जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३२८ पुगेको छ ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ६ हजार ६९५ जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ७१६ जना रहेका छन् ।

देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *