काठमाडौँ उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा सोमबार ९ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएको बताए ।

उपत्यकाका ९ जना सहित पछिल्लो २४ घण्टामा देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

योसँगै  देशभर कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको कुल संख्या १० हजार २९४ पुगेको छ।

देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *