देशभर थपिए १४४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार ९४५

काठमाडौँ, २९ असार । पछिल्लो चौविस घण्टामा देशभर थप १४४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ५ हजार ८५६ वटा पीसीआर बिधिबाट गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १४४  जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १० हजार २९४ पुगेको छ ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ६ हजार ६१३ जना उपचाररत छन् । भने क्वारेनटिनमा २३ हजार ४७० जना रहेका छन् ।

देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *