स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख

0
Shares


काठमाडौँ, २९ असार । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ हुनु भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएको छ । उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी ९शल्यक्रिया० गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए।

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो । उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *