अमिताभ र अभिषेक बच्चनमा र्‍यापिड एन्टिजीन टेष्ट पोजेटिभ, पीसीआर टेष्ट हुन बाँकी

0
Shares

मुम्बई । वलिउडका बरिष्ठ कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरस संक्रमण देखिएको छ । र्‍यापिड एन्टिजीन टेष्टमा रिपोर्ट पोजेटिभ आएपछि बच्चन परिवारका बाबु छोरा दुबैलाई मुम्वईस्थित नानाबटी अस्पतालमा भर्ना गरिएको छ ।

परिवारका अन्य सदस्य जया र ऐश्वर्या बच्चनको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले दुबै जनामा कोरोनाको हल्का लक्षण भने रहेको बताएका छन् ।

मन्त्री टोपेले आज दुबै जनाको आरटीपीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको समेत जानकारी दिए ।

महाराष्ट्रमा  बीएमसीले र्‍यापिड एन्टिजीन टेष्टमा पोजेटिभ आएपछि पीसीआर टेष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

७७ बर्षका अमिताभमा कोरोना संक्रमण भएको सार्वजनिक भए लगत्तै उनका शुभचिन्तक तथा सहकर्मीहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *