कोरोना भाइरसबाट पाटन अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु

काठमाडौँ, २७ असार ।  कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा दुबैको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा उपचार गराईरहेका सिन्धुपाल्चोकका ४५ बर्षका पुरुष र काठमाडौँ शंखमुलका ६० पुरुष क्रमश गत विहीबार र शुक्रबार मृत्यु भएको हो । यो संगै कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रवक्ता डा गौतमले शंखमुलकका विरामी मिर्गौला र फोक्सोमा पानी जम्ने समस्या भएको बताए । गत १६ असारमा अस्पताल भर्ना भएका उनको १७ असारमा परीक्षण गर्दा कोरोना पोजेटिभ भएको पाइएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँच पोखरी ६ ठेगाना भएका ४५ बर्षका पुरुष क्षयरोगको उपचारका लागि पाटन अस्पताल पुगेको र उनको परीक्षणका क्रममा २२ असारमा कोरोना पुष्टि भएको र उनको २५ असारमा मृत्यु भएको हो ।

यसअघि विहीबार नै केएमसी अस्पतालमा मृत्यु भएका एक जना पुरुषको शुक्रबार हिजो आएको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । सो सम्वन्धी समाचार आज विहानै सार्वजनिक भइसकेको छ । संक्रमित सबैको शव व्यवस्थापन नेपाली सेनाले गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *