काठमाडौँ उपत्यकामा थपिए ४२ जना कोरोना संक्रमित


काठमाडौँ ,२६ असार । पछिल्लो २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।

यो संगै काठमाडौँ उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११८ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार६ सय ४९ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *