चौविस घण्टामा देशभर थपिए ११८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार ६४९

  • पछिल्लो २४ घण्टामा थप १२० जना डिस्चार्ज
  • - नेपाली हेल्थ


    काठमाडौँ, २६ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ११८ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११८ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६४९पुगेको छ।  देशभरका  ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा थप १२० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ११ पुगेको छ ।

    देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार ६०३ जना उपचाररत छन् । भने क्वारेनटिनमा २३ हजार ९१० जना रहेका छन् ।

    त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

    थप समाचार


    Facebook Comment