नुनमा आयोडिनको मात्रा घटाउन विज्ञको सुझाव

176
Shares

काठमाडौँ, २५ असार । नुनमा आयोडिनको मात्रा घटाउन स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । मानव शरीरमा आयोडिनको मात्रा बढी भएको भन्दै मात्रा घटाउन सुझाव दिएका हुन् ।

स्वास्थ्य सेवा विभाग पोषण शाखाले बुधबार आयोजना गरेको विशेषज्ञ बैठकले नुनमा राखिने ५० पीपीएम आयोडिनलाई घटाएर ३० पिपिएमा झार्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आयोडिनमा मात्रा घटाउन सुझाव दिने निर्णय गरेको हो ।

पोषण शाखा प्रमुख केदार पराजुलीले ९१ प्रतिशत नेपालीको घरमा आयो नुन (प्याकेट वाला) प्रयोग हुने र प्रयोग गर्दा शरीरमा आयोडिनको मात्रा बढी हुने गरेको निस्कर्ष निकाल्दै मात्रा घटाउन सुझाव दिने निर्णय भएको बताए ।

सन् २०१६ को माइक्रो न्युट्रियन्ट सर्भेले ४० पीपीएम भन्दा बढी आयोडिन खानेको जनसंख्या ६७ प्रतिशत रहेको देखाएको थियो । इन्ड्रोक्राइनोलोजिष्टहरुले आयोडिनको मात्रा बढी भएर हाइपर थाइराइराडिजम (आयोडिन शरीरमा बढी भएर हुने रोग) समस्या बढेको बताउँदै आएका थिए ।

‘फ्याक्ट्रीमा नुन प्याकिङ हुँदा आयोडिनको मात्रा ५० पीपीएम राखिने गरेको छ । तर मानव स्वास्थ्यका लागि आयोडिनको मात्रा १५ देखि ४० पीपीएमसम्म भए पुग्छ । प्याकेटवाला नुनमा आयोडिन मात्रा हराउने सम्भावना पनि कम भयो । त्यसैले नुनमै आयोडिनको मात्रा घटाउनुपर्ने भयो,’ पराजुलीले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *