देशभर थपिए १०८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार ५३१

काठमाडौँ, २५ असार । पछिल्लो चौविस घण्टामा देशभर थप १०८ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १०८ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ।

देशभरका ५ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु , धनकुटा र कर्णालीको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १३९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ८९१ पुगेको छ ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार ६०५ जना उपचाररत छन् ।

त्यसैगरी देशभरका २५ वटा प्रयोगशालामा ४  हजार ५८८ वटा पीसीआर बिधिबाट परीक्षण गरिएको छ । क्वारेनटिनमा २४ हजार ४२५ जना रहेका छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *