उपत्यकाका मालपोत र बैंकमा अग्रपक्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण हुँदै

काठमाडौँ, २४ असार । धेरै सेवाग्राही आउजाउ हुने मालपोत, खानेपानी, विद्युत, बैक र अस्पताल जस्ता कार्यालयका अग्रपंक्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । उपत्यकामा कोरोना संक्रमणदर बढेसंगै सरकारले यस्तो तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विहीबार टेकु, कालिमाटी तथा कलंकी क्षेत्रका त्यस्ता कार्यालयमा कार्यरत १ हजार बढी कर्मचारीको नमूना संकलन गर्ने तयारी गरेको छ ।

‘लकडाउन खुकुलो भएपछि यी कार्यालयहरुमा आम सवर्साधारणको आउजाउ बढी भयो । त्यसैले यस्ता कार्यालयका अग्रपंक्तिमा खटिएका कर्मचारीको पीसीआर परीक्षण गर्ने योनजा ग¥यौँ,’  इडिसिडीका निर्देशक डा बासुदेव पाण्डेले भने ।

काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण समुदायमा प्रवेश ग¥यो भन्ने कतिपयको अनुमान र भनाई पछि इडिसिडीले यसरी बढी चाप हुने कार्यालयमा खटिएका कर्मचारीको नमूना झिकेर परीक्षण गर्न खोजेको हो ।

यसअघि इडिसिडीले संक्रमण स्रोत पत्ता नलागेका काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानबाट एक सयका दरले १२०० नमूना संकलन गरी परीक्षण गर्न शुरु गरेको छ । ‘अहिलेसम्म ८०० बढीको संकलन भइसकेको,’ डा पाण्डेले बताए ।

देशभर ४५०० को नमूना संकलन गरिदैँ
यसैबीच सरकारले कोरोना संक्रमण समुदायमा प्रवेश गरेको आशंकामा एक साता भित्र देशभरका विभिन्न स्थानको पहिचान गरी ४५ हजार बढीको नमूना संकलन गर्ने योजना अघि सारेको छ ।

‘यो सीसीएमसीको निर्णय हो । देशभर नमूना संकलन गर्ने योजना बनेको छ । यो क्वारेन्टाइन बाहिर रिस्क जोन छुट्याइएका स्थानबाट नमूना संकलन गर्ने योजना हो,’ डा पाण्डेले भने ।

उपत्यकामा इडिसिडीले र प्रदेश तथा स्थानीय तहमा प्रदेश सरकारले नमूना संकलन गर्ने योजना रहेको उनले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *