यस्तो छ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलनको छ बुँदे घोषणा

काठमाडौँ, २४ असार । मंगलबार सकिएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुरको छैटौँ राष्ट्रिय शिखर सम्मेलनले छ बुँदे घोषणा जारी गरेको छ ।

कोरोना भाइरसको महामारीसंगै जारी लकडाउनबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आयोजना गरेको सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको भर्चुअल उपस्थिति थियो ।

सम्मेलनमा परिषद संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, नेपाल स्वास्थ्य व्यावसायी परिषद, विभिन्न पेशागत संघ तथा संगठन, शैक्षिक संस्था, द्धिपक्षीय र बहुपक्षीय एजेन्सीहरु, नागरिक अगुवा, गैर सरकारी संस्था, निजी क्षेत्र र विद्धान वर्गहरुको छलफल पछि ६ बुँदे घोषणा पत्र जारी गरिएको हो ।

छ बुँदे घोषणा यस्तो छ
१. वर्तमान देशको परिपेक्षलाई मध्यनजर गदै अन्तरबिषय कार्यान्वयनात्मक अनुसन्धान  गर्दै नीतिगत तहसम्म पु¥याईनेछ ।
२. शैक्षिक संस्थानहरु, विद्वानहरु, अनुसन्धानकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवाला निकायहरु संगको सञ्जाललाई निरन्तरता दिंदै बिस्तार गरिनेछ ।
३. युवा अनुसन्धानकर्ता र वैज्ञानिकहरूको स्वास्थ्य अनुसन्धानमा ज्ञान र क्षमता अभिवृद्वी गर्दै  आवश्यक तालिम र अनुदानको व्यवस्था प्रादेशिक तहसम्म गरिनेछ ।
४. अनुसन्धान र यसको प्रसारका लागि डिजिटल टेक्नोलोजीको अधिकतम प्रयोग गर्ने संयन्त्रको स -शत्तिकरण गरिनेछ ।
५. स्थनिय रुपमा प्राप्त तथ्यहरुलार्ई नीति र कार्यन्वयनमा ल्याउन नीति निर्माण कर्ताहरु संग  निकटतम सहकार्य गरिनेछ ।
६. शैक्षिक र गैर–शैक्षिक अनुसन्धान स्वास्थ्य अनुसन्धानको जिम्मेवार आचरणको प्रबर्धन गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *