काठमाडौँ उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा मंगलबार २८ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

काठमाडौँ  जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो उपत्यकामा मात्र ५४ जनालाई कोरोना पुष्टि भएको थियो । पछिल्लो केहीदिन यता देशका अन्य स्थानमा संक्रमितको संख्या घटेको भएपनि उपत्यकामा भने बढ्दै गएको छ ।

यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप २०४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८पुगेको छ।

मन्त्रालयका अनुसार देशभरका पछिल्लो चौबिस घण्टामा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *