देशभर थपिए २०४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६ हजार १६८
काठमाडौँ, २३ असार । पछिल्लो चौविस घण्टामा देशभर थप २०४ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गएिाको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २०४ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८पुगेको छ।
मन्त्रालयका अनुसार देशभरका पछिल्लो चौबिस घण्टामा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीको हुम्ला जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ४९९ पुगेको छ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार ६३४ जना उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]