स्वास्थ्य मन्त्रालयले भन्यो, ‘गर्भवती र सुत्केरीलाई कोरोना जाँचमा प्राथमिकता दिनु’

0
Shares

काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड १९) परीक्षणमा प्राथमिकता दिन देशभरका अस्पताल तथा प्रयोगशालालाई अनुरोध गरेको छ ।

पछिल्लो सयम कोभिड -१९ को संक्रमण बढदै गएको र यसबाट गर्भवती तथा सुत्केरीहरु समेत प्रभावित भइरहेको जानकारी आएको भन्दै यस्तो अनुरोध गरेको हो ।

यसअघि मंगलबारको सचिवस्तरीय निर्णयले गर्भवती तथा सुत्केरीको स्वाब संकलन र परीक्षण गर्नुपर्ने भएमा प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

मन्त्रालयका सहसचिव शैलजा रेग्मी भट्टराईले सबै अस्पताल र सबै प्रयोगशालाका नाममा पत्र पठाउँदै यस्तो आग्रह गरेकी छन् ।

उनले काटेको पत्रमा कुनै पनि गर्भवती वा सुत्केरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नु पर्ने भएमा प्राथमिकता राखी संकलन गर्न र त्यसपछि उक्त भाँडोलाइ रातो फिता डोरी वा रिवनले बाँधेर सम्वन्धीत प्रयोगशालामा पठाउन र प्रयोगशालाले रातो डोरी बाँधेका भाडाका स्वाबलाई पहिलो प्राथमिकताका साथ जाँच गरी रिपोर्ट पठाउन भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *