ललितपुर : चार अस्पतालका ५ बिरामी सहित २२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ असार । ललितपुरका विभिन्न ४ अस्पतालका ५ बिरामी सहित २२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा स्टार अस्पतालमा २ जना, पाटन अस्पतालमा १ जना, मेडिसिटी अस्पतालमा १ जना र अल्का अस्पतालमा १ जना विरामीमा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सोमबार ४ अस्पतालका ५ सहित २२ जनामा संक्रमण देखिएको पुष्टि गरे । उनले नयाँ संक्रमितहरुमा १० जना पुरुष र १२ जना महिला रहेको, ९ देखि ५८ बर्ष उमेर समूहको रहेको समेत जानकारी दिए ।

कहाँ कहाँका हुन् संक्रमित ?
जिल्ला स्वास्थ्य प्रमुख डा गेलालका अनुसार ललितपुर महानगरपालिकामा ६ जना पुरुष र ८ जना महिला सहित १४ जना, गोदावरी नगरपालिकामा ३ पुरुष र २ महिला सहित ५ जना र महालक्ष्मी नगरपालिकामा १ पुरुष र २ महिला सहित ३ जनामा संक्रमण देखिएको हो ।

ललिपुर महानगरपालिकाको महालक्ष्मीस्थानमा ३९ महिला र ४८ बर्षको पुरुष, महालक्ष्मी नगरपालिका लुभुमा ४९ बर्षको महिला, ललितपुर महानगरपालिका सानेपामा ३२ बर्षका पुरुष, ३२ बर्षको महिलामा संक्रमण देखिएको छ ।

यस्तै गोदावरी नगरपालिका थैवमा २२ बर्षकी महिला, २८ बर्षको पुरुष, सुनाकोठीमा १३ बर्षको पुरुष, महालक्ष्मीस्थानमा ३२ बर्षको महिला, धापाखेलमा ४५ बर्षको महिला, हरिसिद्धिमा २० बर्षकी महिला, मेडिसिटी अस्पतालमा ५८ बर्षको पुरुष, सुनाकोठीमा ३२ बर्षको महिलामा संक्रमणदेखिएको छ ।

यस्तै २६ महिला, ३७ बर्षको महिला हरिसिद्धि, १९ बर्षको पुरुष गोदावरी , ४८ बर्षको महिला हात्तिवन, ४५ बर्षको महिला बुङमती, २७ बर्षको महिला चापागाँउ गोदावरी नगरपालिका, ९ बर्षका पुरुष भैसेपाटी, २५ बर्षको महिला गोदावरी चापाँगाउँ र १८ बर्षको महिला लुभूको रहेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख डा गेलालले जिल्लाको ६ वटा स्थानीय निकाय पालिकाहरु मध्ये महाकाल गाँउपालिकामा मात्रै अहिलेसम्म संक्रमण नदेखिएको बताए । जिल्लालामा अहिलेसम्म संक्रमितको संख्या ४१ पुगेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *