स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी डा. राधिका थपलियालाई
काठमाडौँ, २२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा थपलियालाई सो जिम्मेवारी दिएको हो । यद्धपी उनको जिम्मेवारी अहिले अर्को व्यवस्था नभएसम्मका लागि मात्रै भनिएको छ ।
गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भने भइसकेको छैन् । आर्थिक बर्षको अन्त्यमा राजिनामा दिदाँ थुप्रै कामहरु रोकिएको भन्दै तत्काल काम चलाउनका लागि उनलाई सो नियुक्ति दिइएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताए ।
वीमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने प्रावधान छ ।
सम्पर्क इमेल : [email protected]