स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी डा. राधिका थपलियालाई

0
Shares

काठमाडौँ, २२ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा थपलियालाई सो जिम्मेवारी दिएको हो । यद्धपी उनको जिम्मेवारी अहिले अर्को व्यवस्था नभएसम्मका लागि मात्रै भनिएको छ ।

गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भने भइसकेको छैन् । आर्थिक बर्षको अन्त्यमा राजिनामा दिदाँ थुप्रै कामहरु रोकिएको भन्दै तत्काल काम चलाउनका लागि उनलाई सो नियुक्ति दिइएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताए ।

वीमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने प्रावधान छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *