स्वास्थ्य बीमा बोर्ड सदस्यबाट डा. सतिशकुमार देवको राजिनामा

डा सतिशकुमार देव

काठमाडौँ, २१ असार । स्वास्थ्य बीमा बोर्ड सदस्य पदबाट डा सतिशकुमार देवले राजिनामा दिएका छन् । गत १९ असारबाट लागू हुने गरी उनले राजिनामा दिएका हुन् ।

उनले राजिनामा पत्रमा व्यक्तिगत कारण भनेका छन् । तर स्वास्थ्य मन्त्रालयले बोर्डका पदाधिकारी तथा सदस्यहरुसंग तीन दिन भित्र जवाफ दिनु भन्दै १३ असारमा दोस्रो पटक स्पष्टीकरण सोधेपछि उनले राजिनामा दिएको बुझिएको छ ।

‘वीमा कार्यक्रमलाई अघि बढाउने भन्दा पनि पदाधिकारी तथा सदस्यहरु व्यक्तिगत सुविधामै केन्द्रीत भएको पाइयो । त्यसैले स्पष्टीकरण सोधिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

तर डा देवले भने मन्त्रालयको त्यो आरोप गलत भएको बताएका छन् । ‘यस विषयमा पछि कुरा गरौँला, तर मन्त्रालयले जे कुरा गरिरहेको छ । त्यो होइन,’ उनले भने ।

डा देव गत २० मंसिर २०७५ मा मन्त्रीस्तरीय निर्णय मार्फत बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

यसअघि मन्त्रालयबाट दोस्रो पटक स्पष्टीकरण सोधेपछि  बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पनि गत बुधबारबाट लागू हुने गरी राजिनामा दिएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *