उपत्यकाका १२ स्थानबाट १२०० नमूना संकलन गरिदै

काठमाडौँ, २० असार । कोरोना भाइरसको लोकल ट्रान्समिसन भएको हुनसक्ने आशंकामा सरकारले काठमाडौँ उपत्यकामा पर्ने तीन जिल्लाका विभिन्न १२ स्थानबाट स्थानीय व्यक्तिको नमूना संकलन गर्न शुरु गरेको छ ।

संक्रमित भेटिए पनि उनीहरुमा कहाँबाट स¥यो भन्ने एकीन पत्ता लगाउन नसकेपछि लोकल ट्रान्समिसनको आशंकामा आम सर्वसाधारणको नमूना संकलन गर्न लागिएको स्वास्थय सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले बताए ।

उनले कन्ट्याक्ट ट्रेसिङको क्रममा स्रोत नै नखुलेका विभिन्न १२ स्थानबाट एक एक सयका दरले नमूना संकलन गरी स्थानीय तहमा संक्रमण फैलिएको छ कि छैन भनेर एकीन गर्न खोजिएको बताए ।

ती स्थानहरुमा काठमाडौँको कपन, तिनकुने, कोटेश्वर, शंखमुल बुद्धनगर, खुशिवु, मैतीदेवी, टोखा हरियालीवस्ती, कागेश्वरी रहेका छन् । यस्तै भक्तपुरको भोलासिंह, वोडे र ललितपुरको नख्खु, प्युटार क्षेत्र रहेका छन् ।

यी स्थानबाट एक – एक सय जनाको नमूना संकलन गरी कुल १२०० जनाको परीक्षण गर्ने र  त्यसको नतिजाको आधारमा थप कदम चाल्ने इडिसिडीका निर्देशक डा पाण्डेले स्पष्ट पारे । उनले यो आज( शनिबार) देखिनै शुरु भएको र आज तिनकुने र नख्खु क्षेत्रमा नमूना संकलन भइरहेको बताए ।

पछिल्ला दिनमा घरमै बसेका र संकास्पद व्यक्तिसंग सम्पर्कमा नै नभएका बालबालिका र बृद्धहरुमा समेत धमाधम संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले उपत्यका बासीलाई थप सतर्क रहन र अत्यावश्यक काम नपरी घरबाट ननिस्कन विशेष आग्रह गरेको छ ।

त्यसो त उपत्यकामा मोफसलबाट आएका र विदेशबाट आएकाहरुमा समेत संक्रमण देखिएको छ । त्यसले उपत्यकामा कति जनामा संक्रमण छ भन्ने कुरा एकीन गर्न समेत अफ्टेरो परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *