एकीकृत छाता ऐन सम्वन्धी मस्यौदा तयार गर्न समिति गठन

काठमाडौँ, १७ असार ।  सरकारको नीति तथा कार्यक्रममा समावेश एकीकृत छाता ऐन सम्वन्धी मस्यौदा तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन भएको छ । गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय मस्यौदा तर्जुमा समिति गठन गरका हुन् ।

सो समितिमा मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत यादव, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी सदस्य रहेका छन् ।

यस्तै प्रतिनिधिको रुमपा आउने कानून तथा न्याय मन्त्रालयका उपसचिव, राष्ट्रिय योजना आयोगका उपसचिव समेत सदस्य रहनेछन् । समितिको सदस्यसचिव भने स्वास्थ्य मन्त्रालयका कानून शाखाका उपसचिव रहनेछन् ।

उक्त समितिलाई निर्देशक समितिको राय सल्लाह बमोजिम र अन्य विषयगत मस्यौदा तर्जुमा समितिको समन्वयमा विभिन्न सातवटा विधेयकका मस्यौदा तर्जुमा गर्न भनिएको छ ।

उक्त विधेयकमा परिषदहरुको एकीकृत ऐन, खाद्य तथा औषधि ऐन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण ऐन रहेका छन् ।

यस्तै एकीकृत स्वास्थ्य अनुसन्धान ऐन, एकीकृत अस्पताल विकास समिति ऐन, अन्य अवधारणा पत्रले माग गरे बमोजिमका थप ऐनहरुसमेत मस्यौदा गर्न भनिएको छ ।

नेपालमा एकीकृत छाता ऐन नहुँदा छुट्टा छुट्टै पदाधिकारी र तिनीहरुलागि व्यवस्थापन गर्न ठूलो धनरासी खर्च भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *