स्वास्थ्य क्षेत्रको पुनर्संरचनाका लागि मस्यौँदा तर्जुमा समिति गठन

काठमाडौँ, १७ असार । सरकारले स्वास्थ्य क्षेत्रको पुनर्संरचना सम्बन्धी मस्यौंदा तयार गर्न प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा ८ सदस्यीय तर्जुमा समिति गठन गरेको छ । गत शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै तर्जुमा समितिको संयोजक सदस्य र सदस्य सचिवमा मनोनयन गरेका हुन् ।

उक्त समितिको सदस्यहरुमा मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, डा जागेश्वर गौतम रहेका छन् । यस्तै विज्ञको तर्फबाट डा सुरेश तिवारी र डा देवेन्द्र ज्ञवाली एनएचएसएसपी, प्राध्यापक प्रमिला देवान न्याम्स, चुडामणी भण्डारी बरिष्ठ जनस्वास्थ्य सेवा प्रशासक स्वास्थ्य सेवा विभाग रहेका छन् । समितिको सदस्य सचिवमा डा गुणनीधि शर्मा तोकिएका छन् ।

मन्त्री ढकालले शुक्रबार मात्रै एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मस्यौदा तर्जुमा गर्न डा गुणराज लोहनीको संयोजकत्वमा अर्को समिति गठन गरेका थिए । सोही दिन उनले एकीकृत छाता ऐन मस्यौदा गर्न प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा अर्को समिति गठन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *