कोरोना भाइरस : सबैभन्दा बढी संक्रमण प्रदेश नं ५ मा
काठमाडौँ, १६ असार । देशभर कोरोना संक्रमितको संख्या साढे १३ हजार नाघेको छ । गत आइतबार अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउपालिका ५ का ४५ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएपछि यसबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी संक्रमित प्रदेश नं ५ मा देखिएको छ । त्यहाँ ३ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।
दोस्रोमा प्रदेश नं २ देखिएको छ । सो प्रदेशमा ३ हजार ७९४ पुगेको छ । सुदूरपश्चिम प्रदेश तेस्रो बढी संक्रमित हुनेमा परेको छ । त्यहाँ २ हजार ४५७ जना संक्रमित छन् ।
त्यसपछि क्रमश कर्णाली, गण्डकी , प्रदेश नं १ र बागमती प्रदेश क्रमश चौथो, पाँचौँ छैटौँ र सातौं बढी संक्रमित हुने प्रदेशमा रहेका छन् । त्यहाँ क्रमश १ हजार ४६६ जना, १ हजार १७ जना, ५९५ र ४२८ जनामा कोरोना संक्रमण देखिएको छ ।
सार्कमा नेपालको अवस्था कस्तो ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले नेपालको परीक्षण दर सार्कमुलुकका अन्य राष्ट्रको तुलनामा राम्रो रहेको बताए ।
उनले नेपाल सार्कका अन्य राष्ट्रको तुलनामा पीसीआर परीक्षण गर्ने मुलुकहरुमा अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत भन्दा अगाढी रहेको जानकारी दिए ।
यस्तै उनले कोभिड १९बाट प्रत्येक १० लाखमा मृत्यु हुनेमा बंगलादेश भारत मालदिव्स अफगानिस्तान र पाकिस्तान भन्दा नेपालमा कम रहेको समेत बताए ।
सम्पर्क इमेल : [email protected]