काठमाडौँ उपत्यकामा कोरोनाको स्थानीय संक्रमण !

काठमाडौँ, १५ असार । कोरोना संक्रमण दर मोफसलमा भन्दा न्युन रहेको काठमाडौँ उपत्यकामा पहिलो पटक स्थानीय संक्रमण देखा परेको छ ।

‘पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका एक जना २ बर्षीय बालकमा कोरोना संक्रमण देखा परेको हो । उनको ट्राभल हिस्ट्री छैन्, बिरामी भएर शल्यक्रिया गर्न पर्ने अवस्था भएपछि पीसीआर गर्दा कोरोना देखियो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले भने ।

उनका अनुसार बच्चालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । शल्यक्रिया गर्नु अघि पीसीआर गर्नुपर्ने बताएपछि सो गर्दा कोरोना पोजेटिभ आएको हो ।

‘उपत्यका ट्रावल हिस्ट्री नभएको र घरकै बसेको सानो बच्चामा संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको कोरोना सम्वन्धी मिडिया ब्रिफिङको शुरुमै र अन्त्यमा सतर्कता अपनाउन आम सर्वसाधारणसंग अपिल गरेका छन् ।

उनले घनाबस्ती भएका शहरमा संक्रमण बढेको भन्दै अनावश्यक रुपमा बाहिर ननिस्कन, दुई मिटरको दुरी कायम गर्न, मास्क तथा स्यानीटाइजर प्रयोग गर्न समेत आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

इडिसीडीका निर्देशक डा पाण्डेका अनुसार सोमबार नै भेटिएका उपत्यकाका ७ जना संक्रमितमध्ये ३ जना महिला गत ५ असारमा कुवेतबाट आएका हुन् । यस्तै एक जना गत ८ असारमा मालदिव्सबाट हिमालयन एयरमार्फत आएका पुरुष हुन् । अर्का एक जना ६ असारमा दुवईबाट आएका ३६ बर्षका पुरुष, भारतको गोरखपुरबाट आएका दुई पुरुष पनि छन् ।

शुक्रबार देशभर ११२ महिला र ३६४ पुरुष सहित कुल ४७६ जनामा संक्रमण देखिएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *