देशभर थपिए ४७६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १३ हजार २४८

काठमाडौँ, १५ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४७६ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। जसमा १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७७ वटै रहेका छन् । ।

पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १३ महिला र १०८ जना पुरुष छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १३४ पुगेको छ। जसमा २६६ जना महिला र २ हजार ८६६ जना पुरुष रहेका छन् ।

त्यसैगरी देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा १० हजार ८५ जना उपचाररत छन् ।

यसैगरी २४ घण्टामा देशभरका २२ वटा प्रयोगशालामा ७ हजार ७९१ को पीसीआर नमुना परीक्षण गरिएको छ । भने १ हजार ८२२ आरडिटी गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

देशभरका विभिन्न क्वारेन्टिनमा ५७ हजार ३६८ जना रहेका छन् ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *