नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २७ पुग्यो


काठमाडौँ, १२ असार । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ले जानकारी दिए ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो। प्रवक्ता डा गौतमले जाँचको क्रमको उनको मृत्यु भइसकेको र उनको परिवार समेत सम्पर्कमा नभएकाले खोजी भइरहेको बताए।

यो सँगै नेपालमा कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या २७ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *