तनहुँ : आइसोलेशन कक्ष थप गरिँदै

4
Share

दमौली, ११ असार । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिएका छन् ।

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशन कक्षको निरीक्षणपछि उनले जिल्लामा थप आइसोलेशन कक्षको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।

आइसोलेशन कक्षको अभावमा कोरोना सङ्क्रमित क्वारेन्टिनमै बस्नुपर्ने अवस्था आएको जनाउँदै उनले पर्याप्त आइसोलेशन कक्ष बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए । उनले आइसोलेशन कक्षको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने समेत जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लामा आइसोलेशन कक्ष थप गर्नका लागि ठाउँको खोजी गरिएको जानकारी दिए। जिल्लाका नौ स्थानीय तहमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *