कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले गाए प्रधानमन्त्री ओलीले लेखेको गीत

काठमाडौँ, १० असार । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत बन्छ नमूना नेपालमा स्वर दिएका छन् । उक्त गीतमा संगीत संयोजन समेत डा भण्डारी आफैले गरेका छन् ।

प्रधानमन्त्री ओलीले उक्त गीत गत २० बैशाखमा रचना गरेका थिए ।

देशप्रेम झल्कने गीतका शव्दहरुमा केही समय अघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा सङ्गीत विभाग प्रमुख अशोककुमार राई संगितमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयसी चेम्जोङले समेत स्वर दिएका थिए ।

तर डाक्टर भण्डारीले यहि शव्दलाई फरक शैलीमा प्रस्तत गरेका छन् । डा भण्डारी तिनै हुन् जसको नेतृत्वमा केही समयअघि प्रधानमन्त्री केपी ओलीको एपेन्डीसाइटीसको शल्यक्रिया भएको थियो ।

डा भण्डारीले आज आफूले स्वर दिएको युट्युव सार्वजनिक गर्दै उपचारका लागि विश्वास गरेको र यसपटक शव्दलाई समेत न्याय गर्छ भनेर विश्वास भन्दै प्रधानमन्त्रीलाई ओलीलाई धन्यवाद दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *