पछिल्लो चौविस घण्टामा देशभर थपिए ६२९ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १० हजार ७२८

0
Shares

काठमाडौँ, १० असार । पछिल्लो चौविस घण्टामा देशभर थप ६२९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ६२९ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १०६ जना पुरुष र ८ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ३३८ पुगेको छ। जसमा १९७ जना महिला र २ हजार १४१ जना पुरुष रहेका छन् ।

देभरका अस्पतालको आइसोलेशनमा ८ हजार ३६६ जना उपचाररत छन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *