गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना संक्रमण

पोखरा, ९ असार । गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा विनोदविन्दु शर्माले बताए ।

उनका अनुसार नयाँ संक्रमण बागलुङ ढोरपाटन नगरपालिकामा ५ पुरुष र १ महिला गरी ६ जनामा, कास्कीको पोखरा महानगरपालिका ३ पुरुष र ४ महिला गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्वतको कुस्मा नगरपालिकामा ९ पुरुष २ महिला गरी ११ जना, पैयु गाउँपालिकामा ३ जना पुरुष, विहादी गाँउपालिकामा तीन महिने बालक सहित २ जना, मोदी गाउँपालिकामा २ पुरुष र एक महिला गरी ३ जना, फलेवास नगरपालिका २ जना पुरुष गरी कुल २१ जना संक्रमित भएका छन् ।

यस्तै पूर्वी नवलपरासीको कावासोती नगरपालिका९ पुरुष ९ महिला गरी १० जना, बौदिकाली गाँउपालिकामा ५ जना महिला र ५ जना पुरुष गरी १० जना, पालिका नखुलेको एक जना पुरुष गरी २१ जनामा संक्रमण देखिएको छ ।

यस्तै तनहुँको घिरिङ गाँउपालिकामा एक जना पुरुष, स्याङजाको गल्याङ नगरपालिकामा ३ जना पुरुष, भिरकोट नगरपालिकामा १ जना महिला, कालिगण्डकी गाँउपालिकामा २ जना पुरुष, चापाकोट नगरपालिकामा ४ जना परुष र एक महिला गरी ५ जना, र वालिङ नगरपालिकामा दुई जना पुरुष गरी कुल १३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी गोखराको भिमसेनथापा गाँउपालिकामा ८ महिला र ४ पुरुष गरी १२ जना, पालिका नखुलेको २ जना पुरुष, शहीद लखन थापा गाँउपालिकामा ३ पुरुष, बारपाक सुलीकोट गाँउपालिका १ जना पुरुष गरी १८ जना जनामा संक्रमण देखिएको छ ।

यस्तै नवलपरासी पूर्वको गैडाकोट नगरपालिकाको एक महिला र एक पुरुष सहित २ जना, बलिङटार गाँउपालिकामा १५ जना पुरुष गरी कुल १७ जनामा समेत संक्रमण देखिएको छ । उनीहरुलाई सम्वन्धित जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको समेत डा शर्माले जानकारी दिए ।

यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *