पछिल्लो चौविस घण्टामा देशभर थपिए ४२१ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ९ हजार २६

0
Shares

 

काठमाडौँ, ७ असार । पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न जिल्लाका थप ४२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४२१ जनामा संक्रमण देखिएको बताए । जसमा ६४ जना महिला र ३५७ जना पुरुष हरेका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० जना महिला र ८ हजार २०६ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १८६ जना पुरुष र ८ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या १ हजार ७७२ पुगेको छ। जसमा १४९जना महिला र १ हजार ६२३ जना पुरुष रहेका छन् ।

यसअघि  (हिजो) ३३१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी देशभरका बिभिन्न अस्पतालको आइसोलेशनमा ७ हजार २३१ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *