पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ७१ हजार ६६६, निको हुने ६३ हजार ५०४ पुगे

क्वेटा, पाकिस्तान, ७ असार । पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।
पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।
पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ सङ्क्रमित रहेका छन् । रासस/एएनआई
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



