डाक्टर, नर्स र ल्याव टेक्निसियन गरी ५ जनामा कोरोना संक्रमण, अस्पताल बन्द

पर्वत, ५ असार । अस्पतालमा कार्यरत डाक्टर नर्स तथा ल्याव टेक्निसियन गरी ५ जनामा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जना डाक्टर, दुई जना नर्स र एक जना ल्याव टेक्निसियनमा कोरोना पोजेटिभ आएको थियो ।

अस्पतालका मेसु डा शिशिर देवकोटले पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकोले अर्को सूचना नभएसम्मका लागि इमरजेन्सी बाहेकका सबै सेवा बन्द रहने सूचना जारी गरेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले संक्रमितहरु जिल्लाको कोरोना विशेष अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरु भएको बताए । उनले संक्रमण देखिएपछि अब अन्य चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरुको समेत कन्ट्याक्ट ट्रेसिङको काम शुरु गर्न लागिएको जानकारी दिए ।

गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितहरु बागलुङ, कास्की, स्याङजा र पूर्वी नवलपरासीका रहेका छन् ।

बाजुरामा ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी
उता सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । विहीबार थपिएका ४१ संक्रमितमध्ये ६ जना स्वास्थ्यकर्मी रहेका छन् ।

तीमध्ये ४ जना बडिमालिका नगरपालिकामा कार्यरत छन् । बाँकी दुईमध्ये एक जना स्वास्थ्य कार्यालय बाजुरा र एक जना बाजुरा अस्पतालमा कार्यरत रहेको खुलेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *