पछिल्लो चौविस घण्टामा देशभर थपिए ६७१ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, ४ असार । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ६७१ जनामा संक्रमण देखिएको बताए । जसमा ६० जना महिला र ५९१ जना पुरुष हरेका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।  जसमा ६१९ जना महिला र ७ हजार २२९ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७३ रहेका छन् ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ। जसमा महिला ११४ र १ हजार ७२ जना पुरुष छन् ।

यसअघि बुधवार (हिजो) ५८६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिलेसम्म मृत्यु हुनेको संख्या भने २२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *