प्युठानमा गर्भवती र सुत्केरीलाई कोसेली


झिमरुक, ३ असार । स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष ०७६/०७७ मा ‘उपप्रमुख कोसेली कार्यक्रम’ मार्फत तीन सय गर्भवती तथा सुत्केरीलाई कोसेली हस्तान्तरण गरेको छ ।

नगरक्षेत्रका गरीब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने गर्भवती तथा सुत्केरीका लागि सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत सुत्केरी तथा गर्भवतीलाई कोसेली वितरण गरिएको हो ।

चालु आर्थिक वर्षको माघमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने दुई सयलाई अभियानका रुपमा झोला वितरण गरिएको छ । झोलासँंगै सरसफाइ र सेनेटरी प्याड गरी नौ प्रकारका सामग्री वितरण गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । नगरका विभिन्न वडामा रहेका स्वास्थ्य संस्थामै पुगी अभियानका रुपमा वितरण गरिएको उनको भनाइ छ ।

सोपूर्व सेभ द चिल्डे«नको सहयोगमा गर्भ जाँच गराउँदा गर्भवतीले कोसेली सामग्री पाए पनि चालु आवमा सो कार्यक्रम सकिएपछि उपप्रमुख कोसेली कार्यक्रममार्फत नै गर्भवती÷ सुत्केरीलाई कोसेली दिइएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए। माघसम्म स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी हुनेलाई कोसेली दिइएको थियो । माघपछि गर्भवती हुनेलाई गर्भ जाँच गराउन आउँदा कोसेली वितरण गरिएको छ ।

हालसम्म तीन सय महिलालाई कोसेली प्रदान गरिएको र एक सयलाई वितरण गर्न बाँकी छ । नगरपालिकाले चालु आवमा पाँच सय महिलालाई कोसेली वितरण गर्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।

‘उपप्रमुख कोसेली कार्यक्रम’ का लागि नगरपालिकाले चालु आवमा रु २० लाख बजेट विनियोजन गरेको नगर उपप्रमुख गोमा रेग्मीले बताए । गर्भवती र सुत्केरीले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुरा नखाएको र व्यक्तिगत सरसफाइमा ध्यान नगएको पाइएकाले सो कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख रेग्मीले बताए। सो कार्यक्रममार्फत प्रतिसुत्केरी तथा गर्भवतीले रु दुई हजार पाँच सय बराबरको सामग्री पाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *